कालिकामाई गापाको निर्णय : सम्पूर्ण सेवा निशुल्क

बीरगञ्ज,०६ पुष । कालिकामाई गाउपालिकामा जन्मदर्ता , मृत्यु दर्ता , जग्गा खरिद विक्री , प्रतिष्ठान संचालन लगायतका सिफरिश मै सर्वसधारणले चर्को शुल्क तिर्ने बाध्यताको अन्त भएको छ ।

आज गाउकार्यपालिकाको आकस्मीक बैठकले वडाहरुबाट प्रदान हुदै आएको सिफारिश लगायतका सम्पुर्ण सेवाहरु निशुल्क प्रदान गर्ने निर्णय भएसंगै शुल्क तिर्ने झण्झटको अन्त भएको हो ।

कालिकामाई गाउपालिका अन्तर्गतका वडा कार्यालयहरुबाट अब सम्पुर्ण सेवा निशुल्क रुपमा प्रदान हुने छ ।

गाउपालिकाको आकाष्मिक बोर्ड बैठकले भोली सोमबार देखी लागु हुने गरि सम्पुर्ण सेवा निशुल्क प्रदान गर्ने निर्णय गरेको वडा नम्बर ५ का अध्यक्ष पवन तिवारीले जानकारी दिनु भयो ।

वडाबाट प्रदान हुने सम्पुर्ण सेवा निशुल्क प्रदान गर्ने कालिकामाई गाउपालिका पर्सा जिल्ला कै १४ स्थानिय तह मध्ये पहिलो पालिका भएको छ ।

यसैगरि आजैको बैठकले अत्यधिक चिसोबाट दलित विपन्न , बृद्ध बृद्धा तथा बालबालिकालाई संरक्षण प्रदान गर्ने निर्णय गरेको छ ।

सितलहरबाट जोगिन बन बाट सिफरिश भएको दाउरा लयाएर पालिका अन्तर्गतको ठाउ ठाउमा आगो बाल्ने , तथा वडाहरुमा दाउरा वितरण गर्ने समेत निर्णय गरेको तिवारीले जानकारी दिनु भयो ।

सितलहरलाई मध्यनजर गर्दै ५ वटै वडामा विपन्न असहायलाई कम्बल वितरण भइसकेको र भोली देखी ठाउठाउमा आगो बालने काम सुरु हुने जनाइएको छ ।

यसैगरि बढदो चिसोको कारण कालिकामाई गाउपालिका अन्तर्गतको सबै विधालय बन्द गर्ने निर्णय गरिएको छ ।

कक्षा १ देखी ७ सम्मका विधार्थीकोलागि ७ गते देखी १३ गते तथा कक्षा ८ देखी उच्चमाविका विधार्थीहरुकोलागि गाउपालिकाले संचालन गर्ने लागुऔषध विरुद्धको तालिमको भोली देखी एक साता सम्म विदा दिने निर्णय गाउपालिकाको आज बसेको बोर्ड बैठकबाट भएको प्रमुख प्रशासकिय अधिकृत राजुसाहले जानकारी दिनुभयो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!