सशस्त्र प्रहरीद्वारा भन्सार छलीका लत्ता कपडा सहित अटोरिक्सा पक्राउ

वीरगञ्ज,०६ पुष । वीरगञ्ज महानगरपालीका वडा नम्बर १६ रजतजयन्ती बाइपास इलाकाबाट सशस्त्र प्रहरीले अवैध भन्सार छलीको लत्ता कपडा सहितको अटो रिक्सालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वाटर राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मबाट खटिएको सशस्त्र प्रहरीको गाडी मोबाईल टोलीले चेकजाँच गर्ने क्रममा भन्सार चोरी पैठारी गरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ना १ ह २८६ नम्बरको अटो रिक्सामा लत्ता कपडा, हार्डवेयर तथा किराना समानहरु बरामद भएपछि अटो रिक्सालाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

अवैध रुपमा भन्सार छली गरिएको विभिन्न समानहरु सहित ना १ ह २८६ नम्बरको अटो रिक्सालाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

error: Content is protected !!