पर्सा प्रहरीको छापा : श्री पुजा शुद्ध घ्यु ‘केमिकल’ भएको खुलासा

वीरगञ्ज,०६ पुष । आम जनमानसको स्वास्थ्य संग खेलवाड गर्दै केमिकल बाट शुद्ध घ्यु बनाउदै गरेको अवस्थामा पर्सा प्रहरीले छापामारी गरी केमिकलबाट बनाइएको घ्यु र केमिकल सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला प्रशासन कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले वीरगञ्ज महानगरपालीका वडा नम्बर १५ शिरोमणी टोलमा रहेको श्री सिद्धी विनायक पुजा सामाग्री प्रोडक्टस् कारखानामा छापामारी गरेको हो ।

मानव स्वास्थ्य संग प्रत्यक्ष रुपमा जोडिएको शुद्ध घ्यु जस्तो खाने खाद्य पदार्थमा मिसावट भइरहेको विषेश सुचनाको आधारमा पर्सा प्रहरी र जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त टोलीले छापामारी गरी केमिकल बाटै शुद्ध घ्यु बनाउदै गरेको अवस्थामा कारखानामा रहेका संचालकका भाई अनिल श्रेष्ठ र मेशिन अपरेटरलाई तत्काल पक्राउ गरिएको छापामारीमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।

कारखानाबाट प्रहरीले शुद्ध घ्यु बनाउन राखीएको केमिकल,तयारी अवस्थामा रहेको काटुनमा प्याक गरिएको ठुलो संख्यामा श्री पुजा घ्यु,मेशिन,खाली डिब्बाहरु बरामद गरि नियन्त्रणमा लिएको हो ।

कारखाना छेउमै रहेको संचालकको घरबाट समेत प्रहरीले शुद्ध घ्यु बनाउन प्रयोग गरिने केमिकल ठुलो संख्यामा बरामद गरेको छ ।

कारखानाबाट २ जना पक्राउ परेपनि श्री सिद्धी विनायक पुजा सामाग्री प्रोडक्टस्का संचालक भने फरार रहेका छन । मानव स्वास्थ्य संग खेलवाड गर्ने यस्ता कारखाना र संचालकलाई हदै सम्मको कार्यवाही गर्न जन आवाज उठन् थालेको छ ।

error: Content is protected !!