चिसो बाट बचाउन् युवाहरूद्वारा पाचौँ दिन पनी कम्बल वितरण जारी

बीरगञ्ज,०६ पुष । शीतलहरका कारण एकाएक बढेको चिसोमा सडकमै रात बिताउदै आएकाहरूको लागी बीरगञ्जका युवाहरूको एक समुहले आज पाचौँ दिन पनी कम्बल वितरण गरेका छन ।

केहि दिन देखी लगातार बढेको चिसो तथा शीतलहरका कारण आम जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा खुला सडकमै जिवनयापन गरिरहेका असहाय हरूलाई कम्बल वितरण गरेर मानवता अहिले पनी जिवीत रहेको उदाहरण दिएका छन बीरगञ्जका युवाहरू।

अबेर रात्री सम्म पनी स्वयम आफनो स्वास्थ्यको ख्याल नगरी खुला सडकमै रात्री जिवन बिताईरहेका आज पाचौँ दिन सम्ममा ३३ जना असहाय हरूलाई न्यानो प्रदान गर्न कम्बल वितरण गरिएको समाजवादी विधार्थी युनियनका केंद्रीय युवा नेता निखिल वर्णवालले जानकारी दिए ।

चिसोमा खुला सडकमा कसैले ज्यान गुमाउनु नपरोस भनेर अभियान चलाएरै रात्रीको समयमा विरगंजका विभिन्न ठाउहरूमा पुगेर चिसो बाट बच्न् कम्बल वितरण गरिरहेका छौ युवा नेता वर्णवालले बताए ।

error: Content is protected !!