ड्राईभिङ्ग स्कुल संघ प्रदेश २ को अध्यक्षमा अकलेश साह चयन

बीरगञ्ज,०५ पुष । ड्राईभिङ्ग स्कुल संघ नेपाल प्रदेश नम्बर २ को प्रथम भेला वीरगंजमा सम्पन्न भएको छ ।

सुर्य ड्राईभिङ्ग एण्ड ट्रेनिंग सेन्टरका संचालक एवम स्कूल संघका केन्द्रिय सदस्य अकलेश साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी यातायात कार्यालय वीरगंजका प्रमुख शुशील कुमार साहले बढदो सवारी दुर्घटना न्युनिकरण गर्न संघले विषेश भुमिका खेल्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा स्कुल संघ नेपालका केन्द्रिय महासचिव उमेश सिके,नेकपाका केन्द्रिय सदस्य दिनेश राई, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, वीरगंज नगर अध्यक्ष रहवर अंसारी , नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेल, स्कुल संघका पुर्व केन्द्रिय सदस्य अमृत विश्वकर्मा, ट्राफिक प्रहरी निरिक्षक कमलराज पंडित लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आजै सम्पन्न बन्द सत्रले ड्राईभिङ्ग स्कुल संघ नेपाल प्रदेश नम्बर २ को अध्यक्षमा सुर्य ड्राईभिङ्ग ट्रेनिङ्ग सेन्टर वीरगंजका संचालक अकलेश साहको अध्यक्षतामा १३ सदसीय समिती गठन गरेको छ ।

प्रथम उपाध्यक्षमा ईन्द्रेश झा, उपाध्यक्षमा गौरव क्षेत्रि, सचिवमा दिलिप कुमार दास, कोषाध्यक्षमा दिपनारायण साह, सह सचिवमा जयप्रकाश झा, सदस्यमा सरोज कुमार महतो,दिनेश कुमार यादव, रामानन्द यादव, गंगा देवी लामा,उत्तम कुमार लामा, रमेश प्रसाद देवकोटा रहेका छन ।

error: Content is protected !!