मरिच तस्करीको जालो : वर्षमा दोस्रो पटक मरिच बोकेको ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज,०५ पुष । तस्करीका माध्यमले अवैध रुपमा भारत लग्न खोजीएको आशंकामा ३ हजार किल्लो मरिच बोकेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ट्रकलाई वीरगञ्ज—१६ इनर्वाबाट नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालीका वडा नम्बर १६ इनर्वाबाट ना २ ख ९८०२ नम्बरको ट्रकमा ३ हजार किल्लो मरिच बरामद भएपछि तस्करीका माध्यमले भारत लग्न खोजिएको आशंकामा नियन्त्रणमा लिइएको पर्सा प्रहरीले दाबी गरेको छ ।

पर्सा प्रहरीले भन्सार एरीया क्षेत्रबाट यती ठुलो परिमाणमा मरिच बरामद गरेको यो दोस्रो पटक हो ।

गत जेष्ठ २२ गते वीरगंजबाट भारत तर्फ गइरहेको युपी ७८ बीटी ३८०४ नम्बरको भारतीय ट्रकलाई भन्सार हुदै शंक्राचार्य गेट भन्दा ५० मिटर दक्षीण तर्फ भारत प्रवेश गर्ने क्रममा चेकजाच गर्दा १२ हजार २०० किल्लो कालो मरिच बरामद गरेको थियो ।

गत जेष्ठ २२ गते प्रहरीले बरामद गरेको मरिच सहितको ट्रक ।

त्यस्तै जेष्ठ २० गते पर्साको विन्दवासिनी गाउपालीका ४ अमरपटी नाकाहुदै नेपाल बाट भारत तर्फ गईरहेको ना ३ त २४३६ नम्बरको टयाक्टरमा लोड १ हजार ८ सय ७५ केजी कालो मरिच प्रहरीले नियंत्रणमा लिएको थियो ।

मरिच तस्करीको ट्रान्जीट बन्दै वीरगंज

तेश्रो मुलुकबाट ठुलो परिमाणमा कालो मरिच आयात गरेर बीरगन्ज नाका हुदै भारततर्फ चोरी निकासी गर्ने क्रम पछिल्ला दिनहरुमा बढेको छ।

नेपालमा कम माग रहेपनि यो मसलाको अप्रत्याशित आयातको क्रम भने दिनदिनै बढ्दै जानु र पर्साको सिमावर्ती क्षेत्रबाट केहि साता यता धमाधम मरिच बरामद हुनुले व्यापक रुपमा मरिच तस्करीको पुष्टी भएको छ ।

नेपालमा मरिच बिशेष गरी भियतनाम र ब्राजिलबाट आयात हुन्छ । मरिचको मुख्य औद्योगिक आयातकर्तामा डाबर नेपाल र चौधरी गु्रप छन् भने अन्य आयातकर्तामा आधा दर्जन बढी टे«डिङ्ग कम्पनी छन् । ती मध्ये अधिकांश वीरगन्जकै छन् ।

भारतले आफ्ना किसानको उत्पादनलाई प्रोत्साहन दिन यस्ता मसलाको तेश्रो मुलुकबाट आयातमा कडाई गरेको छ । तर खुल्ला सीमाको कारण नेपालबाट भारत तस्करी गरी लग्न सहज भएकाले कारोबारीले नेपालमा आयात गरेर भारत तर्फ मरिच तस्करी गरीरहेका छन् ।

error: Content is protected !!