पर्सा प्रहरीद्वारा अवैध घरेलु मदिरा बरामद

बीरगञ्ज,०४ पुष । बीरगञ्ज महानगरपालिकाको छुट्टा छुट्टै स्थान बाट पर्सा प्रहरीले अवैध घरेलु मदिरा तथा भन्सार छलीको मदिरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रिपुरबाट खटिएको प्रहरी टोलीले वडा नम्बर २४ स्थित बाट ७० लिटर तयारी अवस्थामा रहेको अवैध घरेलु मदिरा बरामद गरेको हो ।

त्यसैगरी नेपाल बाट भारत तर्फ अवैध रुपमा भन्सार छली लगिरहेको अवस्था मा प्रहरीले विभिन्न ब्रांडका मदिरा तथा मोटरसाइकिल बरामद गरेको छ ।

बीरगञ्ज भन्सार हुदै भारततर्फ अवैध रूपमा मदिरा तस्करी गरिरहेको विषेश सुचनाको आधारमा प्रहरीले बिआर ०५ एए ५७९९ नम्बरको मोटरसाइकिल सहित २१ पीस ब्लैक ओके,७ पीस गोलडेन ओके र कस्तूरी नामक मदिरा ५० पीस बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

error: Content is protected !!