युवाहरूको सराहनीय कार्य : चिसोमा सडकमै जिवनयापन गर्नेलाई कम्बल बितरण

बीरगञ्ज,०३ पुष । केहि दिन देखी लगातार बढेको चिसो तथा शीतलहरका कारण आम जनजीवन कष्टकर बन्दै गएको छ ।

शीतलहरका कारण आर्थीक अभावले सडकमै जिवनयापन गरि रहेकाहरू का लागी पनी चिसोले जनजीवन झन कष्टकर भइरहेको छ ।

यो चिसोको समयमा पनी सडक पेटीमै रात बिताउन बाध्य भएकाहरूका लागी घाउमा मर्हम लगाउने जस्तै काम गरेका छन बीरगञ्जका युवाहरू ।

आर्थिक अभावका कारण बीरगञ्जको विभिन्न ठाउहरूको सडक पेटीमै चिसोमा रात बिताउन बाध्य विभिन्न व्यक्ति हरुलाई चिसोबाट बच्न् कम्बल बितरण गरेका छन ।

समाजवादी विधार्थी युनियनका युवा नेता निखिल वर्णवाल को नेतृत्वमा युवाहरूले भन्सार देखी बीरगञ्जको कुना-कुनामा रात्रीको समयमा सडक पेटीमा सुतेका हरूलाई चिसोबाट बच्न् कम्बल बितरण गरिरहेका छन ।

लगातार तेस्रो दिन सम्ममा २५ वटा कम्बल बितरण गरीएको युवा नेता निखिल वर्णवालले बताउनु भयो ।

हाम्रो अभियान अहिले पनी जारी नै छ रातीको ११ बजे देखी १ बजे सम्ममा विभिन्न ठाउहरूमा पुगेर चिसोबाट बच्न् कम्बल वितरण गरिरहेका छौ वर्णवालले भने ।

error: Content is protected !!