शितलहरले तराईको जनजीवन कष्टकर

बीरगञ्ज,०३ पुष । केही दिन यता बढेको शीतलहर र चिसोका कारण मध्य तराईका जिल्लाको जन जिबन प्रभावित बनेको छ ।

चिसोको लपेटमा बृद्धबृद्धा, बालबालिकादेखि सवारी चालकहरु समेत मारमा परेका छन् । हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागे संगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । घाम छेक्ने बाक्लो हुस्सुले अहिले तराईको जनजीवन निक्कै कष्टकर बनाएको छ ।

बाक्लो हुस्सुले दिउसै गाडी चलाउदा पनि बत्ति बाल्नुपर्ने बाध्यता छ । चिसोका कारण सबैभन्दा बढी पीडित दलित र बिपन्न परिवारका बृद्धबृद्धा र बालबालिका छन् ।

रिक्सा र टांगा चलाएर तथा खेतबारीको काम गरेर दैनिक जीवन गुजारा गर्नुपर्ने मजदुर र विपन्न वर्गका मानिस बढी मारमा परेको पाइएको छ ।

अस्पतालमा निमोनिया, रुघाखोकी जस्ताका बिरामी बढेकाले चिसोबाट बच्न चिकित्सकले सल्लाह दिएका छन् । तराईको बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, लगायतका जिल्ला शीतलहरको चपेटमा बढी परेको छ ।

error: Content is protected !!