टिउकी नाकाबाट बालुवा तस्करी बढ्यो,स्थानीय प्रशासन मौन !

श्याम कुशवाहा/बीरगञ्ज,३० गते । खोलाहरु बाट बालुवा निकाल्न सुरु भए संगै पर्साको विभिन्न ग्रामीण नाकाहरुबाट यती खेर बालुवा तस्करी तिब्र रुपमा बढेको छ ।

वर्षात को मौसम भरी खोलाहरु बाट बालुवा निकाल्न रोक लगाए पछि केही महिना देखी बन्द रहेको बालुवा तस्करी पुन खोलाबाट बालुवा निकाल्न सुरु भए संगै ग्रामीण इलाकाहरु बाट बालुवाको तस्करी तिब्र रुपमा भइरहेको हो ।

प्रहरी चौकी टिउकी अन्तर्गतको टिउकी र भेडिअर्वा नाका प्रयोग गरेर नेपाली बालुवा निर्वाध रुपमा भारत पुग्दै छ नाम नछाप्ने सर्तमा एक स्थानीयले बताए ।

खोला बाट बालुवा निकाल्न रोकीए पछि केही महिना शान्त रहेको यो नाका बाट दुई चार दिन यता देखी रात भरी ट्रयाक्टरको आवाजले निन्द्रा लाग्दैन रोड छेउमै घर रहेको एक स्थानीयले गुनासो सुनाए ।

दैनिक २० देखी ३० वटा बालुवा बोकेको ट्रयाक्टरहरु टिउकी गाउ आसपास रोड मै टेलर काटेर राखिएको हुन्छ र रात भएपछि धमाधम भारतीय सिमावर्ती गाउमा पुगी बालुवा खन्याएर फर्किन्छ ।

खोला बाट बालुवा निकाल्न सुरु भएपछि यती खेर ग्रामीण सिमा नाका रहेको गाउहरुमा बालुवा भन्डारण गर्ने कार्यले तिब्रता पाएको छ । दिन भरी भन्डारण गरिएको बालुवा रात परेपछि गायब हुन्छ अर्थात तस्करी भएर भारत पुग्ने गरेको स्थानीयको भनाई छ ।

उक्त सिमा नाकामा स्थानीय प्रहरी चौकी टिउकी र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भिष्वा बन्जारीको प्रहरी टोली खटिने गरेको भएपनि उनीहरुको काम यो नाका प्रयोग गरेर बालुवा बोकेको ट्रयाक्टर कती.वटा सिमा कट्यो त्यो डायरीमा लेख्ने बाहेक अरु केही काम हुदैन ।

हुन त स्थानीय प्रहरी चौकी र सशस्त्र प्रहरी बल विओपी भिष्वा बन्जारीको इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक हरि पराजुलीलाई बालुवा तस्करहरुले आर्थीक प्रभावमा पारेर निर्वाध रुपमा तस्करी गरीरहेको स्थानीय नै बताउछन ।

समयमै बालुवा उपलब्ध नभएर विभिन्न विकाश निर्माणका कार्यहरु रोकी रहेको अवस्थामा नेपालमै बालुवा अपुग भएको बखत केही पैसाको लोभमा सिमाका रक्षकहरुबाट नै तस्करी कार्यलाई बढावा दिनु विडम्बना को विषय बनेको छ ।

विगतमा यही नाका प्रयोग गरेर खुलेयाम रुपमा गिटी बालुवा भारत तर्फ तस्करी भइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रहरी चौकीका इन्चार्ज र सशस्त्रको विओपी इन्चार्जलाई कार्यवाही गरेर फिर्ता गरिएको थियो ।

अहिले पुन खुलेयाम रुपमा बालुवा तस्करी भइरहेको अवस्थामा स्थानीय प्रशासनको भर्खरै कमान सम्हाल्नु भएका पर्साको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले तस्करी कार्यलाई निरुतसाहीत गर्न कस्तो कदम चाल्ने छन त्यो हेर्न बाकी छ ।

error: Content is protected !!