पोखरीयाको टोलीद्वारा अर्थमन्त्री संग भेट, स्मार्ट सिटीको बजेट माघमा पठाउने प्रतिबद्धता

पोखरिया , मंसिर २५ गते । पोखरिया नगरपालिकाको समग्र विकाशको लागि संघिय सरकारलाई ध्यानाकर्षण गराउन काठमाण्डौ गएको टोलीले आज अर्थ मन्त्रीलाई भेटेको छ ।

पोखरियालाई स्मार्ट सिटी बनाउन योजनालाई निरंतरता दिदै माघ सम्ममा बजेट पठाउन अर्थ मन्त्री युवराज खतिवडाले बताउनु भयो ।

शहरी विकाश मन्त्रालय तोकेको बजेट भन्दा कयौ गुणाबढी दायित्व देखाउदै बजेट मांग गरेकोले सो बराबरको भुगतानी अर्थबाट हुन नसकेको कारण पनि वास्तविक बजेटमा समेटिएको योजना पनि प्रभावित बनेको उहाले बताउनु भयो ।

पोखरिया नगरपालिकालाई प्राथमिक्तामा राखेर माघमा बजेट पठाउने बताउनु भयो ।

पोखरिया नगर प्रमुख दिपनरायण रौनियारले अर्थ मन्त्रीलाई गत वर्षको योजनामा १ करोडको लागतमा डिपीआर तथा आवश्यक लगत स्टीमेटको कार्य भएपनि केन्द्रबाट बजेट नगएर काम अगाडी बढन नसकेको अवगत गराउनु भएको थियो ।

साथै यसवर्षको सम्पुर्ण बजेटमा पोखरिया नगरपालिकाको भवन तथा रोडको योजनाहरुलाई समावेश गर्न अर्थ मन्त्रीलाई मेयर रौनियारले आग्रह गर्नु भएको थियो ।

अर्थ मन्त्रीले योजनालाई समावेश गर्ने तथा रोकिन पुगेको बजेटलाई केन्द्रीय बजेटको अर्धवार्षिक समिक्षा पछि माघमा पठाउने प्रतिबद्धता जनाउनु भयो ।

अर्थ मन्त्रालय पुगेको टोलीमा पूर्व सांसद एवं संविधान सभा सदस्य राजकुमार गुप्ता, प्रदुुमन चौहान , बिचारी यादव , पोखरिया नगर प्रमुख दिपनरायण रौनियार , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा , उपाध्यक्ष अनुप तिवारी , वडा अध्यक्ष सोनालाल साह गोढ , राजु रौनियार लगायतको सहभागिता रहेको थियो ।

error: Content is protected !!