रेडियो वीरगंजद्वारा बार्षिकउत्सवमा नयाँ रेडियो र टिभी सञ्चालनमा ल्याईदै  

बीरगंज २५ मंसिर । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको १७ वर्ष पुरा गरी गौरवमय रुपमा १८ औँ बर्षमा प्रवेश गरेको अवसरमा १७ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगंजले १८ औ वार्षिकोत्सवको अवसरमा आंउदो मंसिर २८ गते शनिबार रेडियो परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने आज रेडियो परिसरमा आयोजित पत्रकार सम्मेलनमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले बताउनु भयो ।

उहाँले रेडियो वीरगंजले मध्य तराईमा आयोजना हुने रक्तदान कार्यक्रममा आफ्नो छुट्टै पहिचान बनाएको हुदा पुनः यस पटक पनि रेडियो वीरगंजले आयोजना गर्ने रक्तदान कार्यक्रम ऐतिहासिक रहने बताउनु भयो ।

पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले रेडियो वीरगंजले गौरवमय रुपमा १७ औ वार्षिकोत्सव मनाउदै गर्दा स्रोता र विज्ञापनदाताहरुको अपार स्नेहका कारण अहिले २ हजार वाटमा क्षमता वृद्धि गरी रेडियोको प्रसारणलाई स्रोता माझ पुर्याईएको बताउनु भयो ।

उहाँले यसवर्ष रेडियो टावरलाई आधुनिकिकरण गरी ४० मिटर थप अग्लो बनाइ प्रसारण क्षमतामा तराईकै पहिलो रेडियो वन्ने जमर्को गरेको दावी गर्नु भयो ।

हाल रेडियो बीरगंज मध्यतराई मै पहिलो पटक चौविसै घण्टा प्रशारण हुने एक मात्र रेडियो रहेको र अहिले १७ औ वार्षिकोत्सव मनाई रहंदा रेडियो वीरगंजको भातृ संस्थाको रुपमा रेडियो पोखरिया १०५.८ मेगाहर्जका साथै टेलिभिजनको दुनियामा श्रोतालाई अब दर्शकको रुपमा समेत समेटने प्रयास स्वरुप टिभी वीरगन्ज प्रशारणको तयारीमा रहेको साहले बताउनु भयो ।

उहाँले रेडियो पोखरीयाले मंसिर २७ गतेबाट प्रशारण प्रारम्भ गर्ने तथा टिभी विरगंजको समेत प्राविधिक तथा निर्माण कार्य अन्तिम चरणमा पुगि सकेको हुँदा जति सक्दो छिटो प्रशारण गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शत्रुघन नेपाल, समाजवादी पत्रकार संघका केन्द्रिय सदस्य अनिल तिवारी, प्रेस संगठनको केन्द्रिय सदस्य वृजलाल पासवान, प्रेस युनियनका जिल्ला उपाध्यक्ष विजय चौहान, रितेश त्रिपाठी, श्रीराम रायमाझी, विजय भण्डारी, जगत राई, लगायतका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!