पोखरियाको समग्र विकाशका लागि सर्वदलिय टोली काठमाण्डौमा

योजना तथा विभिन्न समस्याबारे संघिय मन्त्रीहरु संग छलफल
पोखरिया , मंसिर २३ गते । पोखरिया नगरपालिकाको समग्र विकाशको लागि संघिय सरकारलाई ध्यानाकर्षण गराउन काठमाण्डौ गएको टोलीले आज स्वास्थ , संघिय मामिला तथा समान्य प्रशासन तथा संस्कृती प्रयटन तथा नागरिक उडयन मन्त्रालयमा पुगी मंत्रीहरु संग छलफल गरेको छ ।

पोखरिया अस्पताललाई जिल्ला स्तरिय अस्पताल बनाउने तथा चिकित्सक उपल्बद्ध गराउने विषयमा टोलीले स्वास्थ मन्त्री भानुभक्त ढकाल संग छलफल गरेको हो ।

पोखरिया अस्पतालकालागि आवश्यक साधन, चिकित्सक उपल्बद्ध गराउने मन्त्री ढकालले बताउनु भयो ।

पोखरिया अस्पतालको जिल्ला अस्पतालमा स्तरोन्तीको लागि प्रदेश सरकारमा पहल गर्न समेत संघिय स्वास्थ मन्त्री ढकालले सुझाव दिनु भयो ।

यसैगरि पोखरिया नगरपालिकामा लामो समयदेखी प्रमुख कार्यकारी अधिकृत नभएकोले विकाशको कार्य अगाडी बढन नसकेको अवस्थापनि चाडै अन्त हुने संघिय मामिला तथा समान्य प्रशासन मन्त्री ह्देश त्रिपाठीले बताउनु भयो ।

पोखरिया नगर प्रमुख दिपनरायण रौनियारले संघिय मामिला तथा समान्य प्रशासन सम्बन्धी कर्मचारी समस्या, तराई मधेश समृद्धी विकाश योजनाका बिषयमा मन्त्री त्रिपाठीलाई अवगत गराउनु भएको थियो ।

मन्त्री त्रिपाठीले पोखरिया नगरपालिकामा अविलम्ब कार्यकारी अधिकृत तथा एक जना इन्जिनियर पठाउने बताउनु भयो ।

उहाले पोखरियामा तराइ मधेश समृद्धी योजना अन्तर्गत आउदो आर्थिक वर्षमा योजना पढाउने समेत बताउनु भयो ।

यसैगरि पोखरियाको समृद्धीको लागि राजधानी पुगेको टोलीले संस्कृती , पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भटराईलाइ भेटेर पोखरिया शिव मन्दीर, तथा नगरपालिकामा रमणीय पोखरी निर्माणको लागि तयार भएको डिपीआरबारे अवगत गराइएको हो ।

मन्त्री भट्राईले मांग निवेदन सहित डिपिआर दर्ता गराई एक साता पछि यसबारे आवश्यक निर्णय गरिने बताउनु भयो ।

पोखरियाबाट राजधानी पुगेको टोलीमा पूर्व सांसद , संविधान सभा सदस्य राजकुमार गुप्ता, प्रदुुमन चौहान , बिचारी यादव , प्रदेश सांसद प्रहलाद गिरी , पोखरिया नगर प्रमुख दिपनरायण रौनियार , उपप्रमुख सलमा खातुन नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी , वडा अध्यक्षहरु बन्का राउत कुर्मी , अजय कलवार , सुरेन्द्र यादव , लक्षमण साह कानु , किशोरी साह तेली , रामबाबु चौहान , सोनालाल साह गोड लगायतको सहभागिता रहेको छ । टोलीले भोली गृह, भुमी सुधार , तथा अर्थ मन्त्रालयमा मनत्रीहरु संग छलफल गर्ने छ ।

error: Content is protected !!