पर्साको महुवन उपनिर्वाचन : समाजवादी पार्टीका रूपलाल बिजयी

बीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनको उपनिर्वाचनमा समाजवादी पार्टीका उमेदवार रुपलाल कुमार यादव विजयी भएका छन् ।

वडाध्यक्षको लागि शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टीका यादव २ सय १२ मतले विजयी भएका हुन् ।

यादवले एक हजार ३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका अशेसर यादवले ८ सय १९ मत प्राप्त गरेका छन् ।

नेकपाका उदयशंकर रौनियार २ सय ३२ मत, स्वतन्त्र उम्मेदवार गोपाल साह कानु १६ र राप्रपाका सदरी महराले ८ मत पाएका छन् ।

राती १० बजेर १५ मिनेटमा मतगणना सम्पन्न भए पछि राती नै रुपलाललाई बिजयी घोषणा गरि प्रमाणपत्र पत्र समेत वितरण गरिएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको उपस्थितमा बिजयी उम्मेदवार रुपलाललाई प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले प्रमाण पत्र वितरण गरेका थिए ।

२ हजार ६ सय २ जना मतदाता रहेको उक्त वडामा २ हजार १२८ मत खसेको थियोे । जसमा २२ मत बदर भएको छ ।

error: Content is protected !!