बीरगञ्ज,१४ मङ्सिर । सखुवा प्रसौनी गाउपालिकाका वार्ड नम्बर, ५ महुवनमा आज उपनिर्वाचन अन्तर्गत वडा अध्यक्ष पदकोलागि भएको मतदान सम्पन भएको छ ।
विहान ७ बजेदेखी सुरु भएको मतदान साझ ५ बजे सम्पन्न हुदा कुल २ हजार १ सय २८ मत खसेको छ ।
कुल खसेको मतमा ९ सय १७ जना महिला तथा १ हजार २ सय ११ जना पुरुषले मतदान गरेका छन ।
निर्वाचन शान्तिपुर्णरुपमा सम्पन्न भएको मतदान अधिकृत अच्छे कुमार दानवारले जानकारी दिनु भयो ।
श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय महुवनको प्राङ्गणमा आज तिन वटा मतदान केन्द्रमा स्थानियले आफनो वडा अध्यक्ष चुनिन मतदान गरेका थिए ।
पर्सामा एक ठाउमा मात्र उपनिर्वाचन भएको छ । मतदान सुरु हुन साथ नेकपा , काग्रेस तथा समाजवादी पार्टीका केन्द्र ,जिल्ला तथा स्थानिय स्तरका नेताहरु महुवन पुगेका थिए ।
अरु पालिकाबाट पनि आएका मानिषको महुवनमा ठुलै भिडभाड देखिएको थियो । मतगणना आजै हुने जनाईएको छ ।
यसमा तपाईंको प्रतिक्रिया: