उप निर्वाचन : कडा सुरक्षा बिच महुवनमा मतदान जारी

बीरगञ्ज ।  सखुवाप्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवनकाे उपनिर्वाचन कडा सुरक्षाकाे बिच शान्तिपूर्ण तवरले भइरहेकाे छ ।

श्री नेपाल राष्ट्रिय मा‍ध्यमिक विधालय महुवन मतदान केन्द्रमा कडा सुरक्षाकाे विच विहान ७ बजे देखी मतदान भइरहेको छ ।

मतदान केंद्रमा दिउसो ३ बजे सम्ममा १७ सय जनाले मतदान गरिसकेका छन ।

मतदान केन्द्रलाई तिन तहकाे सुरक्षा निकायले सुरक्षा दिइरहेका छन् ।

पहिलाे चरणमा नेपाल प्रहरी, दाेस्राेमा सशस्त्र प्रहरी र तेस्राेमा नेपाली सेना गरी तिन तहका सुरक्षा निकायले सुरक्षा दिइरहेका छन् ।

वडाध्यक्षकाे लागि भइरहेकाे महुवन-५ को उपनिर्वाचनमा २ हजार ६ सय २ मतदाता रहेका छन् ।

उपनिर्वाचनमा नेकपाबाट उदयशंकर, नेपाली कांग्रेसबाट अशेसर यदाव, समाजवादी पार्टीबाट रुपलाल यादव, राप्रपाबाट सदरी महरा र स्वतन्त्र उम्मेदवार गाेपाल साह कानु गरी ५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

error: Content is protected !!