सशस्त्र प्रहरीद्वारा चाँदीका गहना तथा बेवारिसे गाडी बरामद

बीरगञ्ज,०८ मंसीर । बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती बाईपास लगाएतको एरीयाबाट अवैध रूपमा भन्सार छली भित्रयाईएको चाँदीका गहना तथा गाडी सहित विभिन्न समानहरू सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १४ हेडक्वार्टर भन्सार राजशव गस्ती सुरक्षा गुल्मबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नेपाल बाट भारततर्फ गइरहेको बिआर ०६ बिएक्स ३३२७ नम्बरको भारतिय कारको कुनै पनी भन्सार कागज पत्र फेला नपरेकोले चोरी पैठारी हुन सक्ने आशंकामा बरामद गरी आवश्यक कार्वाही प्रकृयाको लागी बीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

त्यसैगरी बिरगंज भन्सार मुलगेट अगाडीबाट ७ सय ८३ ग्राम चाँदीका गहना बरामद गरीएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका व्यक्तिले डियुटी टोलीलाई देख्‍नासाथ झोला छोडी मानिस भागेको अवस्थामा मुल्य रु ५८ हजार ७ सय २५ रूपैया बराबरको ७ सय ८३ ग्राम चादीका पाउजुहरु बरामद गरी बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले बताउनु भयो ।

यसैगरी अवैध रूपमा भन्सार छली भित्रयाईएको हार्डवेयर तथा चोरी तस्करीको डिजेल सहित मोटरसाइकिल भन्सार बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!