समाजवादी पार्टीद्वारा तेस्रो दिन महुवन टोलमा घर दैलो सम्पन्न

बीरगञ्ज,०८ मंसीर । समाजवादी पार्टीको निर्धारित कार्यक्रम अनुसार आज तेस्रो दिन सखुवाप्रसौनिको महुवन टोलमा बिशाल सहभगिताको बिच घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।

महुवनको नहर चौक बाट शुरु भएको घरदैलो महुवनको बजारमा पुगि कोणसभामा परिणत भएको थियो ।

स्थानीय युवा नेता अनिल साहको अध्यक्षतामा भएको कोणसभामा समाजबादी पार्टीको जिल्ला इन्चार्ज प्रदेश सांसद सिँहासन सा कलवारले कांग्रेस र नेकपा पार्टीलाइ मदारीको संग्या दिदै सो जाल्झेल्मा नपर्न मतदाताहरु लाइ अह्ववान गरे ।

कोणसभामा पार्टीका केन्द्रिय सद्स्य प्रदेश सांसद प्रहलाद गिरिले सदियो देखी भ्रष्टाचार गरेको पार्टी काङ्ग्रेसले अहिले भ्रष्टाचारको खोख्लो भजन गाइ रहेको आरोप आरोप लगाउनु भयो ।

कोणसभामा पार्टीका नेताहरुले समाजबादी पार्टीका उमेदवार रुपलाल लाइ भारी मतले बिजयी गराउन आह्व्वान गरेका थिए ।

कार्यक्रममा सांसद मन्जुर आलम, सांसद हरिनारायण रौनियार , जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिब तबरेज अहमद , जिल्ला सदस्यहरु सालमा खातून , फुलमति चौधरी बिरेन्द्र यादव ,बिरगंज महानगर अध्यक्ष इश्वर यादव , सखुवाप्रसौनी पालिका अध्यक्ष प्रदिप जयसवालले जीतको लागी शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सह्जिकरन प्रमोद जयसवालले गरेका थिए ।

error: Content is protected !!