समाजवादी पार्टीद्वारा सखुवाप्रसौनीको बलुवामा घरदैलो सम्पन्न

बीरगञ्ज,०७ मंसीर । समाजवादी पार्टी पर्साले उपनिर्वाचनको तालिका अनुसार आज दोस्रो दिन सखुवापसौनी गाउँपालिका वडा नं. ५ को बलुवामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

जनताहरुसंग घर आगंनमा पुगी पार्टिको उम्मेदवार रुपलाल कुमार यादवलाई बिजयी बनाउन पार्टिका अन्य नेताहरुले अनुरोध गरेका छन् ।

घरदैलो कार्यक्रम पश्चात भएको कोण सभामा जिल्ला अध्यक्ष राम नरेश यादवले सदियौ देखी सत्तासिन रहेका अन्य पार्टिका नेताहरुले विभिन्न प्रलोभन देखाई भोट मांगीरहेकाले त्यसको लोभमा नपर्न सबैमा अनुरोध गरेका थिए ।

शिवनाथ साह तेलीको अध्यक्षतामा भएको घरदैलो कार्यक्रममा प्रदेश सांसद मन्जुर अन्सारी, सचिव तबरेज अहमद सुन्दर कुर्मी गाउँपालिका प्रमुख प्रदिप जैसवाल तथा श्यामबाबु पटेल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

error: Content is protected !!