नेवि संघले क्याम्पसमा हुने दैनिक तालाबंदीको अन्तय चाहेको छ : विधार्थी नेता साह

बीरगञ्ज,०६ मंसीर । नेपाल विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस ईकाई समितिले विभिन्न मांगहरू राखेर क्याम्पसमा भईरहेको दैनिक तालाबंदीको अन्तयका लागी क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।

शिक्षाको क्षेत्रमा दैनिक रूपमा विभिन्न संघ संगठनहरूको समुहले विभिन्न मांगहरू राखेर दैनिक रूपमा गरिएको तालाबंदीले विधार्थीहरूको पठन पाठनमा समस्या उत्पन्न भएकोले क्याम्पस प्रशासनलाई यो समस्याको समाधानका लागी ज्ञापन पत्र बुझाइएको नेविसंघ ठाराब ईकाई समितीका अध्यक्ष मनोज साहले बताउनु भयो ।

कुनै संगठनले आज एउटा विभागमा तालाबंदी गरेको छ भने अर्को समुहले अर्को विभागमा तालाबंदी गरेर दैनिक पठन पाठनमा समस्या भइरहेकोले यसको निकास निकाल्नका लागी नेवि संघले क्याम्पसको सबै विभागहरूमा तालाबंदी समेत गरेर क्याम्पस प्रशासनलाई चाडो भन्दा चाडो सबैपक्षलाई बोलाएर समस्या समाधान गर्न जोडदार मांग गरेका छौं नेता साहले भने ।

यसरी हुने दैनिक तालाबंदी परिपाटीको अन्तय गरी विधार्थीको भर्ना र पठन पाठन नियमित गर्न क्याम्पस प्रशासन संग मांग गरीएको विज्ञप्तिमा भनिएको छ ।

error: Content is protected !!