सशस्त्र प्रहरीद्वारा भन्सार छलीका २ लाखको समान बरामद

बीरगञ्ज,०६ मंसीर । बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती एरीयाबाट सशस्त्र प्रहरीले भन्सार छलीका विभिन्न समानहरू बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हे.क्वा (राजश्व तथा भन्सार गस्ती सुरक्षा) पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले अवैध रूपमा भन्सार छली भित्रयाईएको विभिन्न समानहरू बरामद गरेको हो ।

बरामद गरिएको समानहरूमा लत्ता कपडा, हार्डवेयर (गाडीको पार्टस),किराना सामानहरु,पानी छान्ने फिल्टर र रोटरी स्विच रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले जानकारी दिनु भयो ।

बरामद समानहरूको बजार मुल्य २ लाख ६६ हजार २ सय ७० रूपैया बराबरको रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले बताउनु भयो ।

बरामद समानहरूलाई थप आवश्यक कार्यवाहीको लागी बीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!