सात दिने उपनिर्वाचन कार्यक्रम सार्वजनिक गर्दै समाजवादी पार्टीका नेताहरू जनताको दैलोमा

बीरगञ्ज,०६ मंसीर । समाजवादि पार्टि पर्साले ७ दिने उपनिर्वाचन कार्यक्रम सार्वजनीक गर्दै आज सखुवा पसौनी गाउँ पालिका वडा नं. ५ मा वृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा जनताको घर आगंनमा पुगी मतदाताहरुलाई आफ्नो चुनावी घोषण पत्र पार्टिले दिएको निति तथा कार्यक्रमको बारेमा जानकारी गराउदै आफ्नो पार्टिको उम्मेदवारलाई बिजयी बनाउन अनुरोध समेत गरेका थिए ।

घर दैलो कार्यक्रमका प्रमुख अतिथि पार्टिका केन्द्रिय सदस्य एवमं प्रदेश सांसद प्रहलाद गीरीले कागें्रश र एमाले पार्टि यथास्थितवादि भएको र ३५ वर्ष यता सत्ता संचालनको साचो उनीहरु कै जिम्मा हुदा हुदै पनि मधेशको बिकाश नगरेको र भएका कलकारखाना पनि बन्द गराएको कुरा जनता माझ छर्लङ्ग भएको बताउनु भयो ।

साथै उहाँले पुर्व स्व. वृजलाल यादवको छोरा उम्मेदवार रुपलाल यादवको समर्थनमा मत खसाएर बिजयी बनाउन अनुरोध समेत गर्नुभयो ।

सो कार्यक्रममा केन्द्रिय सदस्य फिरोज मन्सुर,जिल्ला अध्यक्ष राम नरेश यादव, सचिव तबरेज अहमद गाउँपालिका प्रमुख प्रदिप जयशवाल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!