६ सय पिस लागुऔषध नाइट्रोभ्याट ट्याबलेट सहित तिनजना पक्राउ

बीरगञ्ज,६ मंसीर । बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चौकबाट प्रतिबंधित लागुऔषध सहित प्रहरीले तिनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही जिल्ला लालबन्दी वडा नम्बर १४ बस्ने प्रकाश लामा,झापा जिल्ला दमक वडा नम्बर १० बस्ने मनोज कुमाल र जिल्ला उदयपुर गाईघाट बस्ने रोशन मगर रहेका छन ।

प्रहरीले तिनैजनाको साथबाट ४० वटा पत्तामा रहेको ६ सय पीस प्रतिबंधित लागुऔषध नाइट्रोभ्याट बरामद गरेको हो ।

सिमावर्ती भारतीय शहर रक्शौलबाट टागाँ चढेर बीरगञ्ज तर्फ आईरहेको अवस्थामा रजतजयन्ती चौकमा डिउटीमा खटिएको सिमा प्रहरी चौकी ईनर्वाको प्रहरी टोलीले शंका लागी चेकजाच गर्ने क्रममा शरीर भित्र लुकाई छिपाई राखेको लागुऔषध नाईट्रोभ्याट बरामद गरिएको सिमा प्रहरी चौकी इनर्वाका निमित्त प्रमुख प्रहरी सहायक निरिक्षक नेत्र बहादुर खडकाले बताउनु भयो ।

चेकजाच गर्ने क्रममा प्रहरीलाई छलेर भाग्न् खोजेका रोशन मगरलाई डिउटीमा खटिएका प्रहरी हवलदार अमित कुमार सिंहले ५ सय मिटर सम्म लखेटेर समातेका थिए ।

तिनैजनालाई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको प्रहरी सहायक निरिक्षक खडकाले जानकारी दिनु भयो ।

error: Content is protected !!