युवा नेता यादवको पहलमा स्कुले बालबालिकाहरूलाई ५० थान बैग वितरण

बीरगञ्ज । समाजवादी पार्टी नेपाल युवा संघका केन्द्रीय सचिव सरोज यादवको पहलमा ५० जना स्कुले बालबालिकाहरूलाई बैग वितरण गरिएको छ ।

नेता यादवको पहलमा रूँगटा वेलफेयर सोसाईटीले आज श्री नेपाल राष्ट्रीय गीता गजेंद्र राजजोशी माध्यमिक विद्यालय सुखचैनामा अध्यनरत बालबालिकाहरूलाई स्कुले बैग वितरण गरिएको हो ।

आज एक कार्यक्रमका बिच रूँगटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरेश कुमार रूँगटाले विधालयमा अध्यनरत बालबालिकाहरूलाई कापी,कलम र बैग हस्तांतरण गर्नु भएको समाजवादी पार्टी नेपाल युवा संघका केन्द्रीय सचिव सरोज यादवले जानकारी दिनु भयो ।

समाजीक कार्यमा सदैव अगाडी आएर सहयोग गर्ने रूँगटा वेलफेयर सोसाइटीले विभिन्न वर्ग क्षेत्र तह तप्काका जरूरत मंदलाई हरेक क्षेत्रमा पुगी सहयोग गर्ने गरेको छ।

बालबालिकाहरूका लागी युवा नेता यादवले विधालय मै हरेक शुक्रवार आफनो निजी स्रोत बाट प्रत्येक हप्ता नयाँ- नयाँ प्रतियोगिता गराउने उदघोष गरेको बताउनु भयो ।

error: Content is protected !!