कांग्रेसका प्रदेश सांसद र नगर अध्यक्ष बीच सडकमै कुटाकुट

वीरगंज । नेपाली कांग्रेस पर्साका नेता तथा प्रदेश सांसद ओमप्रकाश शर्मा र वीरगंज महानगरपालिका नगर कमिटिका अध्यक्ष भोला कलवार बीच कुटाकुट भएको छ ।

वीरगंज नगर सभा गृह (टाउन हल) सम्बन्धित विषयलाई लिएर विवाद हुँदा बुधबार बिहान दुवै नेता विच कुटाकुट भएको हो ।

वीरगंज आदर्शनगरस्थित रहेको बब्लु टि स्टलमा टाउन हलको विषयलाई लिएर प्रदेश सांसद शर्मा र नगर अध्यक्ष कलवार बीच भएकाे भना-भन उग्र रुप लिए पछि कुटाकुट समेत भएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

दुवै जना उपचारकाे लागि नारायणी अस्पताल वीरगंजमा भर्ना भएका थिए ।

उपचार पछि प्रदेश सांसद शर्मा घर फर्के पनि कलवार पहिला देखी नै ब्लडप्रेसरका बिरामी रहेकाले उनकाे स्वास्थ्यमा समस्या देखिए पछि थप उपचारकाे लागि उनलाई काठमाण्डाै लगिएकाे छ ।

दुबै जना विच एक बर्ष पहिला देखी नै टाउन हलकाे बिषयमा विवाद हुदै आएकाे थियाे ।

साेही विवाद आज उग्र रुप लिदा दुबै नेता विच कुटाकुट समेत भएकाे कांग्रेस निकट स्राेतले जनाएकाे छ ।

error: Content is protected !!