सशस्त्र प्रहरीको सक्रियता : बेवारिसे गाडी तथा अवैध माल समान बरामद

वीरगञ्ज । वीरगञ्ज महानगरपालीका वडा नम्बर १६ भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाइएको अवैध माल समान सहित बेवारिसे अवस्थामा बोलेरो गाडी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.१४ गुल्म हे.क्वा (राजश्व तथा भन्सार गस्ती सुरक्षा) पर्साबाट खटिएको गाडी मोबाईल डिउटी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ भन्सार छली गरेर भित्रयाइएको हार्डवेयरका समानहरु बरामद गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

हार्डवेयरको बजार मुल्य २ लाख ६६ हजार ६ सय ३० रुपैया बराबरको रहेको छ । त्यसैगरी सुराकीको आधारमा नेपालबाट भारत तर्फ जादै गरेको कागज पत्र केही नरहेको बिआर ०५ पी २६५३ नम्बरको भारतीय बोलेरो गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

गाडी छोडी मानिस भागेको हुदाँ चेकजाँच गर्ने क्रममा उक्त सवारी साधनको कुनै पनी भन्सार कागज पत्र फेला नपरेकोले चोरी पैठारी हुन सक्ने आशंकामा बरामद गरी भन्सार बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

error: Content is protected !!