भन्सार छलीका लाखौ मुल्यका समान सशस्त्र प्रहरीद्वारा बरामद

बीरगञ्ज । अवैध रूपमा भन्सार छली गरेर नेपाल तर्फ भित्रयाईएको विभिन्न समानहरु सशस्त्र प्रहरीले बरामद गरी भन्सार बुझाएको छ ।

बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती तथा बाईपास सडक खण्डबाट सशस्त्र प्रहरीले भन्सार छली गरीएको समानहरु बरामद गरी भन्सार बुझाएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वार्टर भन्सार राजशव गस्ती सुरक्षा गुल्म पर्साबाट खटिएको गाडी मोबाइल टोलीले खुला सिमाको फाईदा उठाउदै अवैध रूपमा भन्सार छली गरेर भित्रयाईएको लत्ता कपडा तथा किराना समानहरू बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले जानकारी दिनु भयो ।

बरामद गरिएको लत्ता कपडा तथा किराना समानहरुको बजार मुल्य २ लाख ३१ हजार ४ सय रूपैया रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले बताउनु भयो ।

बरामद गरिएको समानहरु बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!