कालिकामाई गापाको कार्यालय हरिहरपुरमा सारियो,नयाँ कार्यालयको उद्घाटन

बीरगञ्ज । कालिकामाई गाउपालिकाको कार्यालय अाज वडा नम्बर ३ हरिहरपुरमा सारिएको छ ।

वडा नम्बर १ मुडलीबाट संचालन हुँदै अाएको कार्यालय हरिहरपुरमा सारिएको हो ।

अाज एक समारोहका बीच वडानम्बर ३ हरिहरपुरमा गाउपालिका कार्यालयको उदघाटन भएको छ ।

गाउपालिका अध्यक्ष नथुनी कुशवाहाले कार्यालयको उदघाटन गर्नु भयो ।

२०७५ असार ३२ गते मन्त्रीपरिषदले गरेको निर्णयलाई कार्यनयन गर्ने क्रममा अाज गाउपालिकाको कार्यालय हरिहरपुरबाट संचालनमा अाएको अध्यक्ष कुशवाहाले बताउनु भयो ।

गाउपालिकाको २०७४ साल चैतमा विशेष गाउसभाले निर्णयगरि सरकारलाई वडा नम्बर १ बाट गाउपालिकाको केन्द्र वडा नम्बर ३ हरिहरपुरमा सार्ने सिफारिस गरेको थियो ।

अाज हरिहरपुरमा कार्यालय शुभारम्भ समाराेहमा उपाध्यक्ष राजेश चौरसिया,वडा नम्बर ५ का अध्यक्ष पवन तिवारी,वडा नम्बर ३ का अध्यक्ष संजय पटेल , वडा नम्बर २ का वडा अध्यक्ष सोनालाल चौरसिया , गाउपालिकाका कार्यकारी अधिकृत राजु साह,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी लगायतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!