बीरगञ्ज,१६ कातिक । तराईबासीको महान चाडको रुपमा रहेको छठ पर्वको मुख्य दिन आज साझ अस्ताउदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइदैछ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व बिहिवारबाट शुरु भएको हो ।
वीरगंज महानगरमा पनि छठ पर्वको रौनक देखीएको छ । छठ पर्वको पुजाको लागी यहा स्थीत रहेको नदी र पोखरीहरुलाई भव्यरुपमा सजाइएको छ ।
बिरगंजको घडिअर्वा,रानीघाट,मुुर्ली, छपकैया, नगवा, श्रीपुर,लक्षुमनवा,पिपरा लगाएतका ठाउहरुमा रहेको पोखरीका किनारहरुमा बसी छठीमाताको भक्तहरुले छठीमाताको भजन किर्तन संगै भगवान सुर्यलाई अघ्र्य दिएर पुजापाठ गरिरहेका छन ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुका साथै मनको कामना समेत पुर्ण हुने हुनाले छठी माताको ब्रत गरिने छठ ब्रतालुको भनाई छ ।
यसमा झुप्पाझुप्पा फल चढाउदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
षष्ठीका दिन रातभर जागर्म बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।
कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास समेत छ ।
यसमा तपाईंको प्रतिक्रिया: