दलित विपन्न परिवारका छठपर्व गर्ने महिला ब्रतालुहरुलाई ५० थान साडी हस्तान्तरण

पर्सा, १६, कार्तिक । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा ४ सुगौली टोलका मुसहर,चमार दलित विपन्न परिवारका छठ पर्व गर्ने महिला ब्रतालुहरुलाई ५० थान साडी हस्तान्तरण गरिएको स्थानीय शिक्षक सुभाष दास थारु ले बताएका छन्

पर्सा भिखमपुर जनसमुदायिक विकास केन्द्र का अध्यक्ष एवम् समासेवी सन्तोष पटेल र ग्रामीण स्थानीय पत्रकार प्रमोद यादवको सन्जुक्त आर्थिक सहयोगमा वितरण गरिएको स्थानीय राजेश दास थारुले जनाएका छन् ।

समाजिक सेवाबाट नै पुन्यको प्राप्तिहुने भएको धार्मिक जन विशवास रहदै आएको हुँदा चार्डपर्बको मध्य नजर राखी आफुहरुलाई साडी वितरण गर्नु एउटा खुसीको अवसर भएको स्थानीय दलित महिला प्रभावाती देवीले बताईन ।

कार्यक्रम स्थानीय पत्रकार चिरञ्जीवी यादव,रामकिशोर चौधरी,सोना देवी लगाएतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!