वीरगंजको समृद्धिका लागी सम्पुर्ण विकास प्रेमी एकजुट हुन आवश्यक ः सांसद यादव

कार्तिक ७ पर्सा । वीरगंज महानगरपालिकाको वडा नं. १४ मा आयोजित जनता दर्शन कार्यक्रममा सांसद प्रदिप यादवले चुनावको बेला जुनपनी पार्टीमा आबद्ध भएपनि अहिले विकास निर्माण पार्टीमा लाग्नुपर्ने बताउनु भएको छ ।

वीरगंजको बाटो फराकिलो गर्ने काम लगायत सडक नाला जस्ता काममा आईरहेको बाधा अडचनलाई सहज वातावरण वनाउन सबैको जिम्मेवारी रहेकाले एक अर्काको हातमा हात मिलाई सबैजना सहकार्य गर्न आवश्यक रहेको बताउनु भएको हो ।

वीरगंजको समृद्धिका लागी खटने विकास प्रेमिहरु विकास निर्माणमा लाग्न आवश्यक रहेको उहाँको भनाई थियो ।

समाजवादी पार्टीका वडा न.१४ का इकाई अध्यक्ष रफÞीक अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयहरुले सडक, विजुलि बति, लगायतको समस्या समाधानका लागी सांसद यादवलाई आग्रह गरेका थिए ।

जवाफमा सांसद यादवले वडा नं. १४ का वडा अध्यक्ष र वीरगंज महानगरपालिकालाई यथाशिघ्र उक्त वडाको समस्या समाधान गर्न निर्देशन दिने बताएका थिए ।

कार्यक्रममा नगर अध्यक्ष ईश्वर यादव, मुस्लिम नेता रउफ मियाँ, युवा नेता आज़ाद हुसैन, स्थानीय अगुवा शमसेद अखतर, शमशाद अली, रुस्तम अंसारी, समिर आलम लगायतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!