लायन्स क्लब अफ वीरगंज जय गहवा माईद्वारा घाइतेलाई उपचार खर्च सहयोग

वीरगंज, ६ कार्तिक/ सडक दुर्घटनामा घाइते एक युवालाई लायन्स क्लब अफ वीरगंज जय गहवामाईले अस्पतालमैं गएर आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बडा दशैंको नवमीको दिन वीरगंज गहवा निवासी हिरालाल रामको रेलवे रोडमा मोटरसाइकल दुर्घटनामा परी उनको खुट्टा भाँच्चिएको थियो ।

वीरगंजमा उपचार सम्भव नदेखिएपछि थप उपचारको लागि काठमाण्डौ रेफर गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका घाइते रामको उपचारको लागि लायन्स क्लब जय गहवा माईले काठमाण्डौमैं पुगेर अार्थिक सहयोग गरेको हो ।

लायन्स क्लब अफ वीरगंज जय गहवामाईका रितेश गुप्ताको अगुवाईमा लायन्स मेम्बरहरूबाट संकलन गरिएको १५ हजार रुपैयाँ नगद काठमाण्डौ स्थित वीर अस्पतालमै पुगेर घाइतेलाई प्रदान गरिएको लायन्स क्लब ३२५ बी २ का एडभाइजर उमेश साह कानुले बताउनु भयो ।

वीर अस्पतालको ४१९ नम्बर बेडमा भर्ना भएका घाइते रामको अवस्था अहिले क्रमिक सुधार हुँदै गएपनि अौषधी उपचारमा थप सहयोगको आवश्यकता रहेको बताइएको छ ।

लायन्स क्लब अफ वीरगंज जय गहवा माईका अध्यक्ष नीला रामले घाइतेको उपचारमा सहयोग गर्न अन्य लायन्स क्लबहरूलाई पनि आग्रह गर्नु भएको छ ।

error: Content is protected !!