समाजवादी पार्टी धोबिनी गाउँपालिकाको समायोजन कार्यक्रम सम्पन्न

बीरगञ्ज,०४ कातिक । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी पार्टी नेपालले समायोजन प्रकृयालाई तिब्रता दिएको छ ।

समायोजन प्रकृयालाई तिब्रता दिदै समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति पर्साले धोबिनी गाउँपालिकामा समायोजन कार्यक्रम सम्पन्न गरेको हो ।

आज एक कार्यक्रमको बिच समाजबादी पार्टी धोबिनी गाउँपालिकाको समायोजन कार्यक्रम सम्पन्न भएको सचिव तबरेज अहमदले जानकारी दिनु भयो ।

देवेन्द्र प्रसाद कुर्मिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समायोजन घोषणा पार्टी सचीव तबरेज अहमदले गर्नु भएको थियो ।

समायोजन कार्यक्रममा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले नव घोषित सामितिलाइ पद तथा गोपनियता को सपथ गराएका थिए ।

प्रदेश सांसद सिहाशन सा कलवारको प्रभुख आतिथ्यमा सप्पन्न कार्यक्रममा प्रदेश सांसद करिमा बेगम , केन्द्रिय सदस्य बिरेन्द्र यादव , प्रदेश सदस्य मदन चौहान पुर्ब प्रदेश सचिव सलाउदिन अहमद, कृष्ण मोहन यादव , लालबाबु साह, हिमान्चल कुशवाहा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको उदेश्यको बारेमा जिल्ला बरिष्ठ सदस्य सुन्दर कुर्मीले प्रकाश पार्नु भएको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!