सशस्त्र प्रहरीद्वारा भन्सार छलीको ५ लाखको समान बरामद

बीरगञ्ज,०४ कातिक । अवैध रूपमा भन्सार छली भित्रयाईएको ५ लाख मुल्य बराबरको विभिन्न समानहरु सशस्त्र प्रहरीले बरामद गरी भन्सार बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १४ हेडक्वार्टर भन्सार राजशव गस्ती सुरक्षा गुल्म पर्साले विभिन्न सिमानाकाहरू बाट अवैध रुपमा भित्रयाईएको ५ लाख ५८ हजार मुल्य बराबरको समानहरु बरामद गरेर भन्सार बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले जानकारी दिनु भयो ।

बरामद समानहरुमा लत्ता कपडा, हार्डवेयर, मोटरपार्टस, मोटरसाईकल सहित किराना सामानहरू रहेको सशस्त्र प्रहरीले जनाएको छ।

error: Content is protected !!