बीरगञ्ज भन्सार नाकाबाट ८ किल्लो चांदी सहित एकजना पक्राउ

बीरगञ्ज १ कातिक । बीरगञ्ज भन्सार नाकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध चाँदीका गरगहना सहित एकजनालाई पक्राउ गरेको छ ।

बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती एरिया बाट सशस्त्र प्रहरीेको भन्सार स्थित रहेको राजशव गस्ती सुरक्षा गुल्म बाट डिउटीमा खटिएको सशस्त्र प्रहरीको टोलीले ८ किलो ८ सय ८० ग्राम चाँदी सहित जिल्ला सप्तरी नेगरा ३ स्थायी घर भई हाल चितवन खैरवनी नगरपालिका ८ बस्ने वर्ष ४५ को अंगद साहलाई पक्राउ गरेको हो ।

सिमावर्ती भारतीय शहर रक्शौल बाट बीरगञ्ज तर्फ आउदै गरेको साहलाई शंका लागी चेकजाच गर्दा आलुको बोरा भित्र लुकाई छिपाई ल्याउदै गरेको ८ केजी ८ सय ८० ग्राम चांदीका विभिन्न गरगहना बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल भन्सार राजशव गस्ती सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

बरामद गरिएको चांदी सहित साहलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी बाराको सिम्रौनगढ नाकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध चाँदीसहित एकजनालाई पक्राउ गरेको छ ।

भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिका ६ सतुवाही नाकाबाट सशस्त्र प्रहरीले १९ किलो १ सय ग्राम चाँदीसहित बाराको साविकको बारागढी गाउँपालिका ६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको हो ।

error: Content is protected !!