नेपाल-भारत मैत्री बसबाट ठुलो मात्रामा लागुऔषध बरामद

बीरगञ्ज,३० असोज । काठमाण्डौ पटना र बोधगया रूटमा चल्ने नेपाल भारत मैत्री बस बाट सशस्त्र प्रहरीले ठुलो मात्रामा लागुऔषध ईन्जेक्शन बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १४ हेडक्वार्टर भन्सार राजशव गस्ती सुरक्षा गुल्म पर्साबाट भन्सार मुल गेटमै खटिएको डिउटी टोलीले नेपाल भारत मैत्री बसबाट ३ हजार पीस लागुऔषध ईन्जेक्शन बरामद गरेको हो ।

भारतबाट नेपाल प्रवेश गर्ने क्रममा बा ४ ख २३९९ नम्बरको यात्रु बोकेको मैत्री बसको सिट माथी रहेको समान राख्ने ठाउबाट बेवारिसे अवस्थामा रहेको ३ हजार पीस लागुऔषध ईन्जेक्शन बराबद गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

डिउटीमा रहेको सशस्त्र प्रहरीको टोलीले चेकजाच गर्ने क्रममा बरामद भएको लागुऔषध ईन्जेक्शनहरू नुर्फीन १ हजार पीस,डाईजोल्याब १ हजार पीस र फेनार्गन १ हजार पीस गरेर ३ हजार पीस लागुऔषध ईन्जेक्शन बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

बरामद लागुऔषध थप आवश्यक कार्यवाहीको लागी स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!