सासंद साहको रिहाईको मांग गर्दै,बुद्ध एयरको बीरगञ्ज कार्यालय अगाडी राजपाको प्रदर्शन

बीरगञ्ज, २९ असोज । बुद्ध एयरको जनकपुर स्थित कार्यालय तोडफ़ोड़को आरोपमा पक्राउ परेका आफना सांसदलाई रिहाईको मांग गर्दै राजपा पर्साले बुद्ध एयरको बीरगञ्ज स्थित कार्यालय अगाडी प्रदर्शन गरेको छ ।

बीरगञ्ज महानगरपालिकाको आदर्शनगर स्थित कलवार धर्मशाला अगाडी रहेको बुद्ध एयरको शाखा कार्यालय अगाडी राजपा नेपाल पर्साका कार्यकर्ताहरूले प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साहको रिहाईको माग गर्दै टायर बालेर बिरोध प्रदर्शन गरेका हुन ।

राजपा नेपाल बीरगंज महानगर कार्य समिति ,युवा महानगर कार्य समिति, युवा दस्ता कार्य समिति एवम् राष्ट्रिय विधार्थी संघ काे नेतृत्वमा सयौंको संख्यामा रहेका नेता तथा कार्यकर्ताहरूले सासंदको रिहाइको लागि नाराबाजी गरेका छन् ।

कार्यक्रममा महानगर अध्यक्ष लियाकत अली,नेता राजकुमार सर्राफ, युवा दस्ता अध्यक्ष बिष्णु पटेल, महानगर युवा अध्यक्ष राजु गुप्ता, ठाकुर राम बहुमुखी क्याम्पसका ईकाइ अध्यक्ष अमित यादव ,सचिव सगिरअली, राष्ट्रिय बिधार्थी संघका जिल्ला उपाध्यक्ष सुमित चौरसिया, बिधार्थी नेताहरू रवि चौरसिया , हरि यादव, अनिश कुशवाहा, युवा नेताहरू उमेश गुप्ता, सुजीत झा, साहिल खुर्शिद, राजा ठकुराई, लालु ठकुराई, अफताब हुसेन, अरेश अाजम, सज्जाद हुसेन लगायतको उपस्थिति रहेको थियोे ।

error: Content is protected !!