अब्दुल्लाह घटनाको दोषी पता लगाउन मुख्यमन्त्रीको निर्देशन

पोखरिया , असोज २६ गते । अब्दुल्लाहको शव बरामद भएको ८ दिन भईसक्दा पनि दोषी पता लागेको छैन ।

हत्यारा पता नलाग्दा पिडित परिवारको पिडा बढदै गएको छ ।

आइतवार प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदीले अब्दुल्लाहका परिवारलाई भेटघाट गरि घटनाको सशक्त छानबीन गरि दोषी पता लगाउन प्रहरीलाई निर्देशन दिनु भएको छ ।

घटनाको निष्पक्ष छानबीन गरि वास्तवीक्ता पता लगाउन आफनो पक्षबाट हुने हर प्रयास गर्ने मुख्यमन्त्रीले अब्दुल्लाहका परिजनलाई आश्वासन दिनु भयो ।

घटनाको छानबीनको लागि इलाका प्रहरी कार्यालय पोखरिया , जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रदेश प्रहरी र संघिय प्रहरी युनिट समेत परिचालन गरिएको जनाइएको छ ।

अनुसंधान अगाडी बढदै गएपछि वास्तविक्ता बाहिर आउने इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले जानकारी दिनु भयो ।

error: Content is protected !!