सशस्त्र प्रहरीको कडा निगरानीले धमाधम लागुऔषध कारोबारी पक्राउ

बीरगञ्ज,२६ असोज । बीरगञ्ज भन्सार भएर नेपाल प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरीको कडा निगरानी एवम सुरक्षा चेकजाचमा कडाईले लागुऔषध ओसार पसारमा लागेकाहरू धमाधम पक्राउ पर्न थालेका छन ।

शनिवार मात्रै बीरगञ्ज भन्सार अगाडी चेकजाचका क्रममा सशस्त्र प्रहरीले ६ सय पीस लागुऔषध ईन्जेक्सन सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका वडा नं.१५ भेडियाही बस्ने बर्ष २० को जितेन्द्र पासवान रहेका छन ।

सशस्त्र प्रहरी बल नेपाल नं १४ भन्सार राजशव गस्ती सुरक्षा गुल्म बीरगञ्जबाट डिउटीमा खटिएको सशस्त्र प्रहरीको टोलीले भन्सार अगाडी चेकजाचका क्रममा पासवानले बोकेको तरकारीको झोलाबाट लागु औषध ईन्जेक्सन डाईजेपाम २ सय पीस,नुर्फिन २ सय पिस र फेनारगन २ सय पिस बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

सिमावर्ती भारतीय शहर रक्शौलमा खुलेयाम रूपले लागुऔषध ईन्जेक्शनको खरीद बिक्रीले लागुऔषध ईन्जेक्शनको तस्करी बढेको हो ।

पक्राउ परेका पासवानलाई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं १४ हेडक्वार्टर भन्सार राजशव गस्ती सुरक्षा गुल्म पर्साले जनाएको छ ।

error: Content is protected !!