सशस्त्र प्रहरीद्वारा भन्सार यार्ड भित्रैबाट ठुलो मात्रामा लागुऔषध बरामद

वीरगन्ज । सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार यार्ड भित्रैबाट ठुलो मात्रामा प्रतिबन्धीत लागुऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ भन्सार राजश्व सुरक्षा गस्ती गुल्म पर्साबाट खटिएको सशस्त्र प्रहरीको डिउटी टोलीले भन्सार यार्ड भित्रैबाट ३ हजार पीस लागुऔषध एम्पुल बरामद गरेको हो ।

सिमावर्ती भारतीय शहर रक्सौलबाट पैदल हिडदै वीरगञ्ज तर्फ भन्सार यार्ड भित्रै हुदै आइरहेको व्यक्तीलाई शंका लागी सशस्त्र प्रहरीले चेकजाचका लागी रोक्ने क्रममा झोला फयाकेर पुन भारत तर्फ नै भागेको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

उक्त झोलाबाट शसत्र प्रहरीको गस्ती टोलीले डाईजोल्याव १ हजार पीस नोर्फिन १ हजार पिस त्यस्तै फेनारगन १ हजार पिस बरामद गरेको छ ।

बरामद गरिएको लागु औषध आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रियाको लागी लागु औषध नियन्त्रण व्युरो, शाखा कार्यालय वीरगंज पर्सामा पठाइएको सशत्र प्रहरीले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!