कृषिमा सरकारले दिएको सुविधा सदुपयोग गर्न सांसद यादवको आग्रह

केही सहकारी संस्था ले जनतालाई ठगी गरेका ले कृषि विकास बैंक सित कारोबार गर्न सासंद यादव को आग्रह 

वीरगन्ज , २४ असोज ः आफनो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न दुइ साता यता देखि सन्चालन गरेको जनता दर्शन अभियान अन्तर्गत पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले आज वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को इनर्वामा स्थानीयसंंग छलफल गर्नु भएको छ ।

छलफलमा सहभागी इनर्वाका स्थानीयवासीले टोृलमा रहेको समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।

स्थानीयको गुनासो सुनेपछि सांसद यादवले इनर्वामा कृषिको प्रचुर सम्भावना रहेको र कृषिकै लागि सरकारले पनि विभिन्न योजना ल्याएकाले त्यसको सदुपयोग गर्न स्थानीयसंग आग्रह गर्नुभयो ।

सहकारी संस्थाहरुको बदमाशी बढ्दै गएकाले कृषकहरुले बचत वा कर्जाका लागि कृषि विकास बैंकमा कारोबार गर्नु पर्नेमा यादवले जोड दिनुभयो ।

इनर्वामा रहेका सबै विद्युत पोलहरुमा आगामी १० दिन भित्रै बल्बहरु जडान गरिने प्रतिबद्धता पनि उहाले जनाउनुभयो ।

नेपाल भारतको सीमा रहेका कारण इनर्वाको विकास गर्नु अत्यन्त जरुरी रहेको भन्दै उहाले इनर्वाको विकास भए मात्रै वीरगन्जको विकास हुन सक्ने बताउनुभयो ।

उहाले इनर्वामा रहेको सामुदायीक विद्यालयमा भवन , गाँउमा प्रवेशद्धार र धर्मशाला निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

इनर्वामा विद्यमाान समस्याहरु सामधानका लागि संघ , प्रदेश र स्थानीयि सरकारसंग समन्वय गर्न आफुले पहल गर्ने पनि उहाले बताउनुभयो ।

समाजवादी पार्टीका जिल्ला सदस्य लालदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टीका इकाइ अध्यक्ष अरुण यादव, स्थानीय नेताहरु सुरेश राम , मकबुल मिया ठकुराइ , रामनाथ राम , हरिशंकर यादव , सबाबुद्धिन अन्सारी , हृदेश पटेल , मुन्ना साह , अशोक पटेल लगायतको पनि उपस्थिती रहेको थियो ।

error: Content is protected !!