सशस्त्र प्रहरीद्वारा ७ लाखको लत्ता कपडा तथा हार्डवेयरका समान बरामद

बीरगञ्ज,१६ असोज । अवैध रूपमा भन्सार छली चोरी पैठारी गरिएको अटो रिक्सा सहित लत्ता कपडा तथा हार्डवेयरका समानहरु सशस्त्र प्रहरीले बरामद गरि भन्सार बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १४ हेडक्वार्टर भन्सार राजशव सुरक्षा गस्ती गुल्मले पर्साको विभिन्न खुला सिमानाकाहरू बाट अवैध रूपमा भन्सार छली गरेर नेपाल भित्रयाईएको
७ लाख मुल्य बराबरको विभिन्न समानहरु नियन्त्रणमा लिएर भन्सार बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

सीमावर्ती भारतीय शहर रक्शौल बाट नेपाल तर्फ आईरहेको एक अटो रिक्सा लाई मुख्य भन्सार अगाडि चेकजाच गर्ने क्रममा भन्सार छली गरिएको हार्डवेयरका समानहरु बरामद भएपछी अटो रिक्सा समेतलाई नियन्त्रणमा लिएर भन्सार बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

error: Content is protected !!