रमाइलो मेलाको सांसद प्रदिप यादवद्वारा उदघाटन, दशैं भव्य र सभ्य मनाउन आग्रह

वीरगंज, १५ असोज । वीरगंजको घण्टाघर नजिक रहेको शहिद उद्यान पार्कमा आज देखी सुरु भएको रमाईलो मेला २०७६ को उदघाटन प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका छन ।

वडा दशैंको उपलक्ष्यमा आस्था नेपालले आयोजना गरेको मेलाको उदघाटन एक कार्यक्रमका बिच सांसद यादवले रिबन काटी र परेवा उडाई गरेका हुन ।

मेला उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले दशैंको अवसरमा आयोजित मेला भव्य र सभ्य बनाउ सम्बन्धीत सबैमा अपिल गरे ।

मन्तव्य मार्फत दशैंको सुभकामना व्यक्त गर्दै सांसद यादवले दशैंको उपलक्ष्यमा आयोजित मेला वीरगंजको पर्यटन प्रबर्धनमा पनि भुमिका खेल्ने भएकोले सभ्यताको परिचय दिनु पर्ने आग्रह गरे ।

प्रत्येक बर्ष दशैंको अवसरमा आयोजना हुने मेलामा सिमावर्ती भारतबाट र वीरगंज आसपास कै मात्र सहभागिता हुने गरेको वताउदै सांसद यादवले अझै यसको सहभागि बढाउनु पर्नेमा जोड दिए ।

मेला समितिका अध्यक्ष कुन्दन सिंहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, वीरगंज महानगर अध्यक्ष इशवर यादव, महानगरपालिका वडा न.१३ का अध्यक्ष तुफान अंसारी , वडा न.९ का अध्यक्ष मनोज कलवार , पर्सागढी नगरपालिका वडा न.५ का अध्यक्ष असलम आलम स्वकिय सचिव निखिल बर्णवाल,समाजवादी विधार्थी युनियन का सचिव सुजित गिरी आस्था नेपालका अध्यक्ष गरौव बर्मा लगायतकाको उपस्थिती रहेको थियो ।

असोज २५ गते सम्म लाग्ने मेलामा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगिति प्रस्तुती पनि रह्ने साथै मनोरंजनातमक झुला व्यापारी र खाद्यान्न स्टलहरु मुख्य आकर्षक रहेको आयोजकले जनाएको छ ।

error: Content is protected !!