पर्सा प्रहरीद्वारा दुईजना हुन्डी कारोबारी सार्वजनिक,१२ लाख बरामद

बीरगञ्ज,१४ असोज । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले दुईजनालाई १२ लाख नगद सहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ४५ को आबास अलि र उनकै छोरा वर्ष २२ को अस्ताक आलम रहेका छन्।

वडा प्रहरी कार्यालय विर्ता बाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ४ स्थित नारायणी अस्पताल अगाडि सडकमा चेकजाँच गर्ने क्रममा ना. ४९ प ६८२४ र ना ५७ प ३०६ नम्बरको छुट्टाछुट्टै मोटरसाइकलमा चढेर आइरहेको अवस्थामा बाबुछोरालाई श्रोत नखुलेको १२ लाख ४ हजार ५ सय नगदसहित पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेंद्र सिंह राठौरले बताउनु भयो।

स्रोत नखुलेको रकम सहित पक्राउ परेका बाबु छोरा दुबैजनामाथी थप अनुशनधान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

error: Content is protected !!