जिराभवानीको कार्यकारी अधिकृतलाई कार्यवाही गर्न गाउपालिका बोर्डको सिफारिस

बीरगन्ज, असोज १३ गते । पर्साको जिराभवानी गाउपालिकाका कार्यकारी अधिकृतलाई कार्यवाही गर्न स्थानिय जनप्रतिनिधीले मांग गरेका छन् ।

कार्यकारी अधिकृत अमित गिरीले बजेट संचालनमा आपादर्शिता तथा मनोमानी गरेको ठहर गर्दै गाउपालिका बोर्डले उनलाई कार्यवाहीको मांग गरेको हो ।

गाउपालिका बोर्डले कार्यवाही गर्ने निर्णय गरि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ ।

कार्यालयमा उपस्थित नभई बीरगन्ज कोठाबाटै कार्यालय संचालन गरेको तथा जथाभावि चेक काटेको , हिसाब मिलान नगरेको आरोप लगाउदै जनप्रतिनिधीहरुले कार्यवाहीको मांग गरेका हुन ।

गत वर्षको बजेटबाट भएको कामको भुगतानी गर्ने क्रममा अधिकृत गिरीले दिएको आधा दर्जन चेक बाउण्स भएको छ ।

गिरीमाथी छानबीन गरि कार्यवाहीको मांग गर्दै गाउपालिका अध्यक्ष रामप्रीत महतो, उपाध्यक्ष उषादेखी थरुनी , वडा नम्बर १ , २ र ३ का वडा अध्यक्ष क्रमश महादेव महतो, उमेश सिंह, सुवास थारु सहित कार्यपालिका सदस्यहरुले हस्ताक्षरगरि मन्त्रालयमा कार्यवाहीको मांग गरेका छन ।

error: Content is protected !!