सुरक्षीत यात्रा गर्न पर्सा ट्राफीकको अनुरोध, चालकहरु सम्मानित

वीरगञ्ज,१२ असोज । जिल्ला ट्राफीक प्रहरी कार्यालय पर्साले चाडपर्वका बेला सुरक्षीत तरीकाले सवारीका साधनहरु चलाउन अनुरोध गर्दै चालकहरुलाई सम्मान समेत गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफीक प्रहरी कार्यालय पर्साले आयोजना गरेको कार्यक्रममा सवारी दुर्घटना न्युनिकरण गर्न यात्रु तथा चालकहरुलाई फुलमाला लगाएर सम्मान गरिएको हो ।

वीरगञ्ज स्थित बसपार्कमा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई र पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले यात्रु र चालकहरुलाई फुलमाला एवम अविर लगाएर सम्मानित गरेका थिए ।

प्रहरीबाट सम्मानित भएपछि चालकहरुले प्रतिक्रिया दिदै भने सुरक्षीत तवरले सवारीका साधनहरु चलाउन हामीलाई अझ जिम्मेवार बनाउने तर्फ गरिएको यो सम्मान प्रति अभार प्रकट गरेका थिए ।

पर्सा ट्राफीक प्रहरी प्रमुख प्रहरी निरीक्षक राज कुमार सिंहले चाडपर्वका बेला हुन सक्ने सवारी दुर्घटनालाई कम गर्न सवारी चालकहरुलाई अझ जिम्मेवारी बोध गराउदै सुरक्षीत तरिकाले आफनो गन्तव्यमा पुग्न आग्रह गर्दै सम्मान गरिएको बताउनु भयो ।

error: Content is protected !!