प्रतिबन्धीत भारतीय नोट सहित सशस्त्र प्रहरीद्वारा एकजना पक्राउ

file photo

वीरगञ्ज,०७ असोज । सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार गेट अगाडी बाट प्रतिबन्धीत भारतीय नोट सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार पश्चिमी चम्पारण जिल्ला बेतिया मझौलीया थाना वाड नम्बर ३ छौरहिया बस्ने वर्ष ३६ को रविन्द्र यादव रहेका छन ।

भन्सार अगाडी नियमीत डिउटीमा रहेको सशस्त्र प्रहरीको टोलीले उनको साथ बाट १ लाख ३० हजार भारतीय नोट बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

यादवले नेपालमा प्रतिबन्ध लगाइएको भारतीय नोटहरु २ हजार दर का ३० थान र ५ सय दर का १४० थान नोट शरिर भित्र लुकाई छिपाई नेपाल बाट भारत तर्फ लगिरहेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले बताउनु भयो ।

प्रतिबन्धीत भारतीय नोट सहित यादवलाई थप आवश्यक कार्यवाहीको लागी राजश्व अनुशनधान कार्यालय पथ्लैया पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!