भ्रष्टाचार र महंगी नियन्त्रण गर्न समाजवादी युवा संघले प्रधानमन्त्रीलाई ज्ञापन बुझायो

वीरगञ्ज, ०१ असोज । देशमा बढदै गएको भ्रष्टाचार र महंगी नियन्त्रण गर्न समाजवादी पार्टी युवा संघले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

संघले भ्रष्टाचार,महगी,बेथिती राजस्व छली गर्नेहरुलाई तत्काल कानुनको दायरामा ल्याएर कानुनी कार्यवाही गर्न सरकार संग मांग गरेको छ ।

बढदो भ्रष्टाचार,मंहगी,बेतीथी, विभिन्न स्वदेशी र विदेशी कम्पनीहरुले सरकारलाई तिर्नुपर्ने कर लगायतका राजश्व नतिरि उम्कन खोज्नुले सरकार नेपाललाई आर्थिक रुपमा विफल पार्न खोजेको भन्दै समाजवादी युवा संघ पर्सा जिल्ला समन्वय समितिले माग सम्बोधन वारे सरकारले ध्यान नदिए बाध्य भएर सघर्षका कार्यक्रम गर्न बाध्य हुने युवा संघका केन्द्रिय सचिव सरोज यादवले चेतावती दिनु भयो ।

एनसेल प्रकरण लगायतका घटनाहरुले आम सर्वसधारण जनताले कार्यपालिका,न्यायपालिका तथा व्यवस्थापिकालाई शंकाको दृष्टी कोणले हेनु पर्ने अवस्था आएको तथा देशको ऋण १० खर्ब नाघनु व्यापार घाटा आकाशिनुले युवा संघ चिन्नित बनेकोे ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाजवादी पार्टीका नेता तथा युवा विधार्थीहरुको उल्लेखनीय उपस्थीती रहेको थियो ।

error: Content is protected !!