चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरीद्वारा ‘हेल्प डेस्क’ सञ्चालन

श्याम कुशवाहा/वीरगञ्ज ०१ असोज । नजिकिदै गएको चाडपर्वहरुलाई लक्षित गर्दै सशस्त्र प्रहरीले नेपालको प्रवेशद्धारको रुपमा रहेको वीरगञ्ज भन्सार स्थीत सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

सशस्त्र प्रहरीको वीरगञ्ज भन्सार स्थीत रहेको भन्सार राजश्व चुहावट नियन्त्रण एवम सुरक्षा गस्ती गुल्मले चाडपर्वलाई लक्षित गरेर विषेश सुरक्षा योजना अनुरुप सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

नेपालीहरुको महान चाड बडादशै, तिहार, छठ पर्वमा नेपाल तथा भारतमा रहेका नेपालीहरु चाड पर्व मनाउनको लागी नेपाल प्रवेश गर्ने यस नाकामा हुन सक्ने चोरी, लुटपाट, ठगी, अबैध चोरी पैठारी र अपराधजन्य क्रियाकलापहरुलाई नियन्त्रण गर्न तथा सर्वसाधारण जनताको गुनासो सुनुवाई तथा आवश्यक सहयोगको लागी सहायता कक्ष संचालनमा ल्याइएको भन्सार गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

खुला सिमा नाकाका कारण हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न विषेश सुरक्षा योजना ल्याइएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

बिषेश गरी चार्डपर्वको समयमा यस सीमा नाकाबाट आवतजावत बढी हुने भएकोले अपराधिक गतिबिधिमा संलग्न व्यक्तिहरु क्रियाशिल भई सर्वसाधारण मानिसहरु लुटिने, मालसामानहरु चोरी हुने, चेलीबेटी बेचबिखन जस्ता गतिबिधीहरु बढी हुने हुनाले नेपाल–भारत तर्फ आवत जावत गर्ने व्यक्तिहरुलाई सुरक्षाको अनुभुति तथा उनिहरुको समस्या तथा गुनासो सुनुवाईको लागी सशस्त्र प्रहरी नायव निरिक्षकको कमाण्डमा ३ जनाको टोली खटाईएको र सम्पर्कको लागी सशस्त्र प्रहरी बल नेपालको टोल फ्री नम्वर, कार्यालयको सम्पर्क नम्वर, कार्यालय प्रमुखको सम्पर्क नम्वर सहित फ्लेक्स प्रिन्ट टाँस गरी सहायता कक्ष संचालन गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!