इप्रका पशुपतिनगरको सक्रियता,चरेश सहित तिनजना पक्राउ

वीरगञ्ज,२९ भाद्र । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरले प्रतिबन्धीत लागुऔषध चरेश सहित तिनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मुजफ्फरपुर जिरोमाईल रोड दादर बस्ने बर्ष २८ को शिवराज सिंह, सोही ठाउ बस्ने बर्ष २४ को ज्ञानि कुमार पासवान र भारत बिहार जिल्ला शिवहर तरिहानी छपरा बस्ने बर्ष २४ को राजु महतो रहेका छन ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको नेतृत्वमा रहेको प्रहरी टोलीले हेटौडा बाट वीरगंज तर्फ गइरहेको विआर ०१ पीएफ ७९९८ नम्बरको भारतीय कारबाट ४ किल्लो ९ सय ग्राम लागुऔषध चरेश सहित तिनैजनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक कुशवाहाले बताउनु भयो ।

तिनैजनालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको प्रहरी निरिक्षक कुशवाहाले बताउनु भयो ।

error: Content is protected !!